Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

सुनको मूल्य तोला चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १
सुनको मूल्य तोला चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ४०० ले घटेको छ ।  आज सुन तोलामा एक लाख ४१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो ।  त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स