बङ्गलादेशसँग नेपाल २१ रनले पराजित, जितबिना नेपालको विश्वकप यात्रा समाप्त
काठमाडौं। नेपाल बङ्गलादेशसँग २१ रन पराजित भएको छ। जितसँगै बङ्गलादेश सुपर ८ मा पुगेको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए भने आशिफ शेखले १७ रनको पारी खेले। त्यसबाहेक नेपालका कुनैपनि खेलाडीले दोहोरो अङ्क समेत जोड्न सकेनन्।
नेपालका अनिल साह, गुल्शन झा, सोमपाल कामी र अविनाश बोहरा शून्य रनमै आउट भए भने सन्दीप जोरा र कप्तान रोहित पौडेलले समान १र१ रन बनाएर पभेलियन फर्के। कुशल भुर्तेल भने ४ रन बनाएर आउट भए।
नेपाललाई जितबाट रोक्नका लागि बङ्गलादेशका तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ विकेट लिए। शाकिब अल हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो।
सुरुदेखि नै दबाबमा रहेको बङ्गलादेशका कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्। ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे। महमुदुल्लाह र रिसज होसेनले समान १३र१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२र१२ रन बनाए। कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए।
बङ्गलादेशलाई १०६ रनमा समेट्न नेपालका सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २र२ विकेट हात पारे।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

