Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सिद्धार्थ ग्यास उद्योगमा सिलबन्दी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, १२
सिद्धार्थ ग्यास उद्योगमा सिलबन्दी

प्रयोग गर्न नमिल्ने सिलिण्डर प्रयोग गरेको धादिङ्गको सिद्धार्थ ग्यास उद्योग सिलबन्द गरिएको छ ।
आपूर्ति मन्त्री गणेशमान पुनले सो उद्योगमा सिलबन्दी गरेका छन् । अनुगमन टोलीले ३ सय २ वटा अवैध ग्यास सिलिण्डर जफत गरेको छ ।
तिनको नमूना परीक्षण गर्दा सिलिन्डर आधा किलो बढीसम्म तौल पाईएको छ । कम्पनीले हाइड्रोलिक नगरी लेदो जमेको सिलिन्डर बजार पठाएको पाइएपछि सिल गरिएको हो ।
उद्योगमा म्याद सकिएका ग्यास सिलिण्डरहरुलाई हाइड्रोलिक टेष्ट गर्नुपर्नेमा रंग लगाएर नयाँ जस्तो बनाइरहेको अबस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।
आपूर्ति मन्त्री पुन बुधबार बिहानैदेखि थानकोटस्थित आयल निगमको डिपो र ग्यास उद्योगहरुको छड्के अनुगमनमा छन् ।
खानीखोलास्थित सुगम ग्यास उद्योगमा अनुगमन गर्दा सिलिण्डरको तौल र फुटरिङमा कैफियत पाइएको छ । नमूनाको रुपमा २०, खाली १० वटा भरी सिलिण्डर जाँच गर्दा ६ वटामा कैफियत देखिएको हो ।
ति सिलिण्डरहरुमा १६० देखि २३० ग्रामसम्म तौल बढी देखिएको छ । तौल बढी हुनुको अर्थ सिलिण्डर भित्र लेदो हुनसक्ने अनुमान गरिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स