टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनीको हत्या
रौतहट । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बिहिनीको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ वर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
राम माथि ज्यान सम्बन्धी कर्तब्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् । आइतबार बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादको कारण रिसमा दीपेन्द्रले आफ्नै बहिनी २० वर्षिया तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेका थिए ।
गम्भीर अवस्थामा घाइते भएकी बहिनी रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । मृतकको शव पोस्टमार्टम भएर पीडित परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

