सागमा कांस्य पदक विजेता, अहिले कसरी बने जोगी ?
काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा फोटोले सबैको ध्यान तानेको छ । पूर्व कराँते खेलाडी रवीन्द्र दाहाल जोगीको भेषमा हिँडिरहेको अवस्थामा अर्का खेलकर्मीले तस्बिर सार्वजनिक गरेपछि सबैको ध्यान तानेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाली खेलकुदले पदक विजेता खेलाडीहरूलाई ध्यान दिन नसक्दा जोगी बनेर हिँड्नु परेको प्रतिक्रिया दिइरहेका छन् । दाहाल तीन वटा दक्षिण एसियाली खेलकुद सागका कांस्य पदक विजेता खेलाडी हुन् ।
उनले ८ औँ देखि १० औँ सागमा लगातार प्रतिस्पर्धा गरेका थिए । यस्तै १६ औँ एसियाली खेलकुदमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । उनी केही वर्षयता साधु बनेर हिँडिरहेका छन् ।
उनी धेरै पटक राष्ट्रिय च्याम्पियन पनि बनेको थिए । उनले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कै एक कर्मचारीसँग विवाह गरेपनि सम्बन्ध लामो समय टिक्न सकेको थिएन । उनी प्रहरीमा जागिरे थिए तर पछि जागिर छाडेको थिए भने श्रीमतीसँग सम्बन्ध विच्छेद भएको थियो ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

