जीएसी मोटर्स : चीनको उत्कृष्ट गुणस्तरको नम्बर १ ब्राण्ड, नेपाली बजारमा
काठमाडौँ । विश्वव्यापी अटोमोबाइल उत्कृष्टताको अग्रणी ब्राण्ड, जीएसी मोटर्सले नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्स मार्फत प्रवेश गरेको जनाएको छ । उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ आयोन वाइ यसयुभी को नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको बताएको छ ।
जीएसी मोटर्स, चीनको अटोमोबाइल ब्राण्ड गुणस्तर रैंकिङमा नम्बर १ मानिएको, अनुसन्धान र विकास, र प्रविधिमा संसारभर प्रसिद्ध रहेको बताइएको छ। ब्राण्डले यूएईमा “उत्तम चिनियाँ अटोमोबाइल ब्राण्ड” र नाइजेरियामा ” अटो मोबाइल इन्टरप्राइज ऑफ़ द एअर ” जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको कम्पनीले बताएको छ।
अब, जीएसी मोटर्सले आयोन वाइ मार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको छ र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर नेपाली ग्राहकहरूको मन जित्ने विश्वास लिएको कम्पनीले जनाएको छ । जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुराउने छ। अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण, एआइओएन वाइ यसयुभी ले नेपाली बजारमा नयाँ युगको शुरुवात गर्ने कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

