बजाज डोमिनार ४०० बाइक नेपालमा, यस्ता छन् फिचर
काठमान्डौ । बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालमा बजाज डोमिनार ४०० बाइक भित्राएको छ । बजाज डोमिनार ४०० बाइकको मुल्य ६ लाख ९ हजार ९ सय रहेको छ । उक्त बाइकमा इन्जिन टाइप सिङगल सिलिन्डर,४ स्ट्रोक ,४ भल्क , लिक्विड कोल्ड, ट्रिपल स्पार्क, एफ एल रहेको कम्पनीले बताएको छ । बजाज डोमिनार ४०० बाईकको लम्बाई २ हजार १ सय ५६ एम एम ,चौडाई ८ सय ३६ एम एम र १ हजार २ सय ४३ एम एम उचाई रहेको कम्पनीले जनाएको छ ।
उक्त बाइकमा ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दा १ सय ५६ एमएम रहनुका साथै व्हीलबेस १ हजार ४ सय ५३ एमएम रहेको छ । बजाज डोमिनार ४०० बाईकमा कर्व वोएट १ सय ९३ के जी रहेको पाइन्छ । फ्युल क्यापासिटी १३ लिटर रहेको छ भने इन्जिन क्षमता ३ सय ३७.३ सिसि रहेको छ । बजाज डोमिनार ४०० बाईकको म्याक्सिमम पावर २९.४ किलो वाट (४०) पि यस ८ हजार ८ सय आरपियम रहनुका साथै म्याक्सिमम टर्क ३५ एनएम ६ हजार ५०० आरपीएम रहेको पाइन्छ ।
बजाज डोमिनार ४०० बाईकमा ट्रिपल स्पार्क लिक्विड-कूल्ड एफआई इन्जिन,फुल एलईडी हेडल्याम्प, अप-साइड डाउन फ्रन्ट फोर्क्स, डुअल डिस्क ब्रेक, डुअल-च्यानल एबीएस, असिस्ट र स्लिपर क्लच, सोलिड स्ट्याम्प्ड पेरिमिटर फ्रेम, डायमण्ड-कट आलोइन ह्वील, स्टाइलिश कास्ट एल्युमिनियम मिरर लगायतका फिचर रहेको कम्पनीले बताएको छ ।
डोमिनार ४०० बाइकमा ब्याट्रीको कुरा गर्दा १२ भोल्ट,८ एम्पियर भि आर एल ए रहेको पाइन्छ । उक्त बाइक ग्रीन र ब्लाक कलरमा उपलब्ध रहेको छ । बजाज डोमिनार ४०० बाईकको अगाडिको टायर ११०/७०-१७ रेडियल टायर रहनुका साथै पछाडिको टायर १५०/६०-१७ रेडियल टायर रहेको छ ।
उक्त बाइकमा ब्रेकको कुरा गर्नु फ्रन्ट ब्रेकमा एबिएस,३२० एमएम डिस्क ब्रेक रहनुका साथै रियर ब्रेकमा एबिएस,२३० एमएम डिस्क ब्रेक रहेको छ । बजाज डोमिनार ४०० बाईकमा ६ स्पिडको गियरबक्स पाइन्छ । उक्त बाइकमा चेसिस र सस्पेन्सन् बिम टाइप पेरिमिटर फ्रेम पाउनुका साथै फ्रन्ट सस्पेन्सन्मा टेलिस्कोपिक, ४३ एमएम युएसडि फोर्क, रहनुका साथै रीयर सस्पेन्सन्मा मल्टि–स्टेप एजस्टेवल मोनो सक्स नाइट्रोक्स ,व्हील स्ट्रोक ११० एमएम रहेको कम्पनीले बताएको छ ।
बाइककोे क्लच वेट, असिस्ट र स्लिपर क्लचको साथ मल्टिप्लेट रहेको बताइएको छ । बजाज डोमिनार ४०० बाइकमा स्पीडोमिटर डिजिटल स्प्लिट कन्सोल रहनुका साथै हेडल्याम्प फुल एलईडी अटो हेडल्याम्प अन (एएचओ) रहेको पाइन्छ । उक्त बाइकमा सिट हाइटको कुरा गर्नु पर्दा ८ सय एमएम को सिट हाइट रहेको छ। गियर इन्डीकेटर र ट्रिप इन्डीकेटर उक्त बाइकमा रहेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

