उत्कृष्ट विद्यालय बन्दै ललितपुरको ब्राइट फ्युचर स्कूल
निराज रानाभाट, ललितपुर : सरकारले शिक्षामा ठूलो लगानी गरे पनि माध्यमिक शिक्षा परीक्षा ( एसईई ) उत्कृष्ट नतिजा आउन सकेन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये ४७.८६ प्रतिशत विद्यार्थीहरु मात्रै उत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीहरुमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीहरुले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
परीक्षामा सहभागी भएकामध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी ‘ ननग्रेड ’ ( एनजी ) अर्थात् फेल भएका छन् । ललितपुर जिल्लामा विगत ३ दशकदेखि शिक्षामा आबद्ध ब्राइट फ्युचर स्कूल एण्ड कलेजले भने यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । एसईईमा उक्त स्कूलबाट ३६ जना विद्यार्थीहरु सहभागी सबैले राम्रो जीपीए ल्याएका छन् । त्यसमध्ये उज्ज्वल चौलागाईं र सेक्रिना शाहीले ४.० जीपीए ल्याएका छन् । देशैभरबाट ४.० जीपीए ल्याउने १ सय ८६ जनामा ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटोस्थित ब्राइट फ्युचर स्कूल एण्ड कलेजबाट २ जना पर्नु गुणस्तरीय शिक्षाको परिणाम हो ।
पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्दै आएको ब्राइट फ्युचर स्कूल एण्ड कलेजले गुणस्तरीय शिक्षामा अव्वल रहेको प्रमाणित गरेको छ । उक्त स्कूलबाट गत वर्ष १ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेकोमा यस वर्ष २ जना विद्यार्थीहरुले ४.० जीपीए प्राप्त गरेका छन् । एसईई परीक्षा वि.सं. २०८० चैत १५ गतेदेखि २७ गतेसम्म भएको थियो । देशभरका २ हजार ६४ परीक्षा केन्द्रबाट ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरु सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीहरु सहभागी भएका थिए । करिब ८ हजार विद्यार्थीहरु परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।
![]()
![]()
![]()
![]()
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु



