सिटौलाको समर्थन देउवालाई
नेपाली काँग्रेसको भावी सभापतिमा शेरबहादुर देउवाले बाजी मार्ने पक्कापक्की भएको छ । सभापति चुनावबाट रिङ आउट भएका कृष्णप्रसाद सिटौला र देउवाबीच आज बिहान भएको गोप्य सहमतिले देउवाले चुनाव जित्ने निश्चित भएको हो ।
गोप्य सहमतीमा सिटौलाको प्यानलमा मतदान गर्ने मतदाताले दोस्रो चरणमा देउवालाई मत दिनेछन् । जसको गुन तिर्न देउवाले सभापति भएपछी सिटौलाको खास मान्छेलाई टिममा सेटिङ मिलाउने छन् ।
हिजो भएको मतदानमा तीन जना उम्मेद्वार मध्य कसैलेपनि काँग्रेसको विधान अनुसार आवश्यक बहुमत ल्याउन नसकेपछी आज दिउसो २ बजेबाट पुनः मतदान हुने भएको छ ।
पहिलो चरणमा प्रतिष्पर्धा गरेका शेरबहादु देउवा,रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मध्य देउवा जीतको नजिक पुगेका थिए । उनले जम्मा ११ मत मात्रै बढाउन सकेको भए यतिबेला विजयको उल्लासपूर्ण वातावरणमा हुने थिए ।
पहिलो चरणमा देउवाले १५६४,पौडेलले ११५४ सिटौलाले ३२४ मत ल्याएका थिए । कुल खसेको ३१४८ मतमा १०१ मत बदर भएको थियो । जस मध्य ६३ मत देउवाको नै बदर भएको थियो । पार्टीको सभापति बन्न जस्तोसुकै हथकण्डा अपनाउन तयार भएका देउवाले दोस्रो चरणमा सजिलै जित्ने देखिएपछि देउवाको समर्थकहरुमा खुशी साटासाट देखिन थालेको छ ।
साझा पोष्ट बाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


