पौडी खेल्ने क्रममा डुबेर ३ बालकको मृत्यु
जानकारी केन्द्र
२०८१, असार, १७
काठमाडौं । सिरहा र महोत्तरीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको मृत्यु भएको छ । सिरहामा ६ वर्षीय बालक र महोत्तरीमा ७ र ८ वर्षीय बालकको मृत्यु भएको हो ।
सिरहाको नरहा गाउँपालिका ४ बरछाबा टोल घर भई बरियारपट्टी गाउँपालिका २ जानकीनगरस्थित मामाघर बस्ने ओम प्रकाश रायको छोरा ६ वर्षीय धर्मा रायको बरियारपट्टी गाउँपालिका २ स्थित सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
यस्तै महोत्तरी गौशाला नगरपालिका २ बेचनटोल बस्ने भोला महतोको छोरा ७ वर्षीय अनित महत्तो र जिमदा महत्तोको छोरा ८ वर्षीय सिकिन्दर महतोको सोही ठाउँस्थित महरा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
डुबेर सिकिन्दरको घटनास्थलमै र अनितको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


