नेपाली कांग्रेसको नवौं सभापतिमा शेरबहादुर देउवा विजयी
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको नवौं सभापति भएका छन् । सोमबार मध्यरातमा सम्पन्न मतगणनाअनुसार कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा कांग्रेसको नवौं सभापति बन्न पुगेका हुन् ।
१३ औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा भएको पुनःनिर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतले पराजित गर्दै पौडेल सभापतिमा निर्वाचित भएका हुन् ।
सोमवार भएको पुननिर्वाचनमा देउवाले १ हजार ८ सय २२ मत प्राप्त गरे भने पौडेलले १ हजार २ सय ९६ मत मात्रै प्राप्त गरे ।
पार्टी विधान अनुसार आइतबार भएको निर्वाचनमा ५० प्रतिशतभन्दा बढि मत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुनःनिर्वाचन भएको थियो ।
बिहीबारदेखि जारी महाधिवेशनअन्तर्गत नेतृत्व छनोटका लागि सोमबार भएको पुनः निर्वाचनमा आइतबारभन्दा २८ भोट कम ३ हजार १ सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । आइतबार भएको निर्वाचनमा ३ हजार १ सय ४८ महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागी थिए । सोमवार भएको निर्वाचनमा ३० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
पूर्वविर्धारित निर्वाचन कार्यातालिका भन्दा झन्डै एक घन्टा ढिला गरी सुरु भएको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पौडेल र देउवासोमबार पनि महाधिवेशन प्रतिनिधि फकाउन निर्वाचनस्थल राष्ट्रिय सभागृहमा सक्रिय थिए । देउवाको जित निश्चित हुने भएपछि देउवा पक्षका कार्यकर्ताहरु सोमबार मध्यरातसम्म नाचगान गरी रमाइलो गरिरहेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

