Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

नक्कली डाक्टर लाइ प्रहरीले पक्राउ गर्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, २५
नक्कली डाक्टर लाइ प्रहरीले पक्राउ गर्यो

नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक धनुषा जनकपुरधाम–९ का ३२ वर्षीय प्रदिपकुमार गुप्तालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको बताएको छ ।
नेपाल मेडिकल काउन्सिलमा चिकित्सिक दर्ता प्रमाणपत्र परीक्षा दिनको लागि बिहार इन्टर मेडियट एजुकेशन काउन्सिलबाट प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेको भनि नक्कली प्रमाणपत्र बनाई एमबिबिएस चीनबाट अध्ययन गरी सोही आधारमा इन्र्टनशीप समेत गरी सर्वसाधारण मानिसहरूलाई गुप्ताले उपचार गराएको खुल्न आएको छ ।
नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा पटक पटक सहभागी भई अनुतिर्ण भएपछि यस पटकको परीक्षामा सहभागी हुन आएका गुप्तालाई नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा २६ र २७ बमोजिमको आवश्यक अनुसन्धान प्रक्रिया सुरू गरिएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको  छ ।

Top Changing Nepal

युट्युब सट्स