युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै
काठमाडौँ । जारी युरोकप अन्तर्गत आज नक आउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै छ । नेपाल इसम्य अनुसार यो खेल आज राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।
समुह चरणमा पोर्चुगल समुह एफ को समुह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा जर्जियासँग २-० गोल अन्तरले पराजित भएको थियो ।
त्यसैगरी स्लोभेनिया समुह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समुहमा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १-१ गोलको, दोस्रो खेलमा सर्बियासँग १-१ गोलको, इङल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।
पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


