Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १८
सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर सर्वसाधारण लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री खुला गरेको हो ।

बैंकले जेठ १२ गते संस्थापक समूहका सेयरधनी स्वामीनाथ प्रसाद तेलीको नाममा रहेको १३ हजार ६ सय २९.२३ कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशन गरेको थियो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको ३५ दिन भित्र बैकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स