खोल्सीको दहमा डुवेर एक किशोरीको मृत्यु
महोत्तरी । बर्दीबास ८ हात्तीलेटस्थित खोल्सीको दहमा डुवेर एक किशोरीको मृत्यु भएको छ । गाउँको उत्तरमा पर्ने माई खोल्सीमा नुहाउन गएका बेला सोही वडाको पासवान टोलकी १९ वर्षिया जानकीकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोल्सीको पानीमा अचेत अवस्थामा फेला परेकी जानकीको बर्दीबास अस्पतालमा उपचारको क्रममा मंगंलवार राति ९ बजेतिर मृत्यु भएको बर्दीबास इलाका प्रहरी कार्यालयका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
घरबाट सोही दिन दिउँसोतिर एक्लै नुहाउन गएकी जानकी साँझ अवेरसम्म पनि नफर्केपछि खोज तलास गर्दा बेहोस अवस्थामा फेला परेको गाउँलेले बताएका छन् । मृत्युको स्पष्ट कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।
वडाध्यक्ष शमशेर सिंहले जानकी पहिलेदेखि नै छारे रोगको विरामी भएकाले एक्लो अवस्थामा नुहाउन लाग्दा सोही रोगले च्यापेर मृत्यु भएको हुन सक्ने बताए । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

