बहिर्गमनमा परेका लडाकुद्धारा आन्दोलनको घोषणा
बहिर्गमित लडाकुहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संगठनले आन्दोलनको घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा चैत्र १ गते ६ गतेसम्म राजनीतिक दल र सरकारलाई स्मरण पत्र बुझाउने, चैत्र ६ गतेदेखि २५ गतेसम्म डिभिजन स्तरीय भेटघाट र सुझाव संकलन, २५ देखि ३० गतेसम्म डिभिजन स्तरीय प्रतिनिधि मण्डल प्रशिक्षण गराउने र त्यती गर्दा पनि आफ्नो मागमा सुनवाई नभए बैशाख ३ गतेदेखि नेपाल बन्द र चक्का जाम गर्ने रहेका छन ।
सो संगठनले आफूहरुमाथि लगाईएको अयोग्यको विल्ला खारेज हुनु पर्ने, एकमुष्ट प्याकेज राहत दिने गरी भएको सहमति कार्यान्वयन हुनु पर्ने, घाईते सेनाको निशुल्क उपचार हुनु पर्ने, पुर्नस्थापित नहुदा आत्महत्या गरेकाको परिवारलाई राहत उपलब्ध गराउनु पर्ने र आफूहरुसँग बार्ता गर्न बार्ता टोली गठन गर्नु पर्ने माग अघि सारेको छ ।
पत्रकार सम्मेलनमा हालै सम्पन्न तेस्रो राष्ट्रिय भेलाबाट नवराज सन्झ्याल ईन्चार्ज र तेजबहादुर बुढा अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको जानकारी दिईएको थियो ।
पत्रकार सम्मेलनमा ईन्चार्ज नवराज सन्झ्यालले आफूहरुले अगाडि सारेको माग पुरा नभए शसस्त्र रुपमा अघि बढ्ने चेतावनी दिदै आफूहरुसँग राज्यले निर्णायक बार्ता गर्नु पर्ने माग गरे ।
सल्लाहकार समिति संयोजक लालचन्द्र विकले पहिला आफूहरुले राज्यकोलागि लडेको भन्दै अब आफ्नो अधिकारकोलागि लड्नु पर्ने बेला आएको बताए ।
उनले सरकारकै एक घटक रहेको नाताले आफूहरुमाथि भएको अन्यायको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले नै विशेष पहलकदमी लिनु पर्ने भन्दै सबै राजनीतिक दलहरु सचेत भएर उपयूक्त निर्णय नलिए त्यसको गंभिर मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


