दिपाल एस ०७ इलेक्ट्रिक कारको मुल्य सहित, यस्तो छ फिचर
काठमाडौँ । नेपालमा चाङगान गाडिको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले भित्राएको दिपाल एस ०७ इलेक्ट्रिक कार सिङगल भेरियन्टमा उपलब्ध रहेको छ ।
यस कारको डिमेन्सन् ४७५०* १९३०*१६२५ र ह्विलवेस २९०० एम.एम पाउन सकिन्छ । कारमा म्याक्स पावर १३४ पि.एस र म्याक्स टर्क ३२० एन.एम रहेको छ । यस कारको टप स्पिड प्रति घण्टा १८५ किलोमिटर रहनुका साथै ग्राउन्ड क्लियरेन्स १७५ एम.एम रहेको कम्पनिको दाबि छ । ६६.०८ ब्याट्रि क्षमता भएको यस कारमा लिथियम ब्याट्रि पाउन सकिने र कारले ४१० कि.मि रेन्ज दिने बताइएको छ ।
दिपाल एस ०७ इलेक्ट्रिक कार ३ किलोवाट ए.सि चार्ज भएको ब्याट्रिमा फुल चार्ज हुन २२ घण्टा लाग्ने यस्तै ७ किलोवाट ए.सि चार्जर भएको ब्याट्रिमा ९ देखि १० घण्टा र फास्ट चार्जरबाट ३०% बाट ८०% चार्ज हुन ३५ मिनेट लाग्ने छ । एमएडब्लु वृद्धि अटोकर्पले भित्राएको दिपाल एस ०७ कारको टायर साइज २५५/४५ आर २० रहेको छ ।
पाँच सिटिङ् क्यापासिटि रहेको यस दिपाल एस ०७ इलेक्ट्रिक कारको मुल्य रु.७४,९९,००० कम्पनिले तोकेको छ । फरक डिजाइनमा उपलब्ध यस गाडिको फ्रंकमा १२५ लिटर र ट्रंकमा ४४५ लिटर भण्डारण क्षमता पाउन सकिनेछ साथै कारको तौल २०३५ केजी रहेको छ ।
यस कारको सेफ्टि सिस्टमको कुरा गर्दा एन्टि लक ब्रेकिङ् सिस्टम,ईलेक्ट्रिोनिक स्ट्याबिलिटि कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ् सिस्टम र एच.ए.सि पाउन सकिन्छ । यो इलेक्ट्रिक कार कोस्मिक सेतो, नेबुला हरियो, लुनार ग्रे, ग्रहण कालो, सन्सेट ओरेन्ज र कस्मिक पहेंलो कलरमा पाउन सकिन्छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


