ट्रकसँग स्कुटर ठोक्किँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते
पाल्पा । पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ ३ दोभान नजिकै भएको दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै स्कुटरको पछाडि सवारी विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घाइते रश्मीको भने उपचार जारी रहेको छ । ट्रकका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


