अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारवाही गरिएको हो ।
महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ । निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘चमेना गृहबाट विक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारवाही गरिएको हो ।’
असार २६ गते बेलुका सवा ६ बजेको अनलाइन अर्डरमा वर्गर हाउसले उपभोक्तालाई पठाएको म म को अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले यो विषय वर्गर हाउसलाई जानकारी गराए । महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेत घटनाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘गुनासो आएपछि वर्गर हाउसले फेरि अचार पठायो । यसपटक पठाएको अचारमा पनि गन्ध पाइएपछि उपभोक्ताबाट महानगर प्रहरी बलमा उजुरी आयो । यसरी आएको गुनासोको छानविन गर्दा खानेकुरामा स्वच्छता नभएको पुष्टि भएपछि कारवाही गरिएको हो ।’
उजुरीको छानविनका लागि कार्यालयमा वोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले म म को अचारमा गन्ध आएको स्वीकार गर्दै भने, ‘तयार पार्ने वित्तिकै फ्रिजमा राख्नु पर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको हो । यसमा कर्मचारीको लापर्वाही भएको हो । खानाको स्वच्छतामा लापर्वाही गर्ने कर्मचारीलाई हामीले पनि कारवाही गरिसकेका छौँ ।’ उनले यसपछि गुणस्तरमा कुनै गुनासो नआउने गरी सेवा दिने प्रतिवद्धता गरेका छन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

