सर्पको टोकोईबाट एक महिलाको मृत्यु
जानकारी केन्द्र
२०८१, असार, ३०
सिराहा। सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो।
चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए।
खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो।
जानकारी पाएलगदै जोवहा सैनिक गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएको बताए। लगतै कर्जन्हा पुर्याएपनि उनको उपचार हुन सकेन।
खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ। उनी चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आएका थिए।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


