नबिल बैंक ४१ औं वर्षमा प्रवेश
काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंक ४१ औं वर्षमा प्रवेश गरेको छ । ४० औं वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न योजना सार्वजनिक गरेको छ।
बैंकले ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ। यस योजनामा सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्षे अवधिको कर्जाको ब्याजदर ९.४ प्रतिशत निर्धारण गरिएको छ। यो योजना शुक्रबारदेखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ ।
यस्तै नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर ल्याएको छ । शुक्रबारदेखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटीएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एनबैंक तथा एनबैंक एपको शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइएको बैंकले जनाएको छ ।
बैंकले साना तथा मझौला उद्यममा १ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ। कृषि तथा उत्पादनमूलक उद्योगमा ५ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने बैंकले जनाएको छ ।
४०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङका योजनामार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक(आर्थिक विकास प्रवर्धन गर्ने परियोजना अघि बढाउने बताए । उनले बैंकले नवप्रवर्तन र प्रविधिमार्फत सरल सेवामा विशेष ध्यान दिएको बताए।
नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ, एटीएम, मोबाइल बैंकिङ, मास्टर कार्ड, डेबिट कार्ड, कन्ट्याक्टलेस पेमेन्ट कार्ड र नियो बैंकिङ सेवा सुरु गरेको थियो ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

