Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

सुनको मुल्य स्थिर, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, ३१
सुनको मुल्य स्थिर, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।

यस अघि शुक्रबार पनि सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स