अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ गरेको छ ।
जसमा काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीमार्गस्थित काठमाडौं सिटी होटलबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ ५ किलो ८ सय २० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएकी ३६ वर्षीया लालबी अक्जुअली र मलेसिया घर भएकी ४७ वर्षीया दाधु मलाई रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ऊक्त होटलको कोठा नम्बर १०३ मा बसेका उनीहरूलाई ६ वटा झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै जुम्ला, चन्दनाथ नगरपालिका-६ स्थित बसपार्क डेरा गरी बस्ने तातोपानी गाउँपालिका-६ बस्ने २३ वर्षीय हस्त खड्कालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित टिकापुर नगरपालिका-१३ बस्ने २४ वर्षीय बिकास सेरचनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय मिलिग्राम सहित भारत दार्जिलिङ खोरीबारी पानीटंकी बस्ने ३६ वर्षीय बब्लु रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ड्ब्लुबि ७४ वाई २१४१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित प्रक्राउ गरेको हो ।
त्यस्तै धनकुटा, सहिदभुमि गाउँपालिका-३ छिन्ताङ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २८ वर्षीय हिरालाल राई र २८ वर्षीय नितेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले छिन्ताङबाट ज्यामिरेतर्फ जाँदै गरेको को.३८ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ कृष्णनगर भंसार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-२ गल्लामण्डी बस्ने २६ वर्षीय अनिल कुमार मिश्रा र सोही नगरपालिका-५ डबरा बस्ने २२ वर्षीय आशिष पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भासी बस्ने जिवन शर्मालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम र स्पास्मो ५ क्याप्सुल सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, बेलबारी नगरपालिका-४ काकुम बस्ने २५ वर्षीय हन्डु राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


