Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

भारतको भन्दा चीनको ग्यास प्रतिसिलिन्डर सय रुपैया सस्तो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, ३०
भारतको भन्दा चीनको ग्यास प्रतिसिलिन्डर सय रुपैया सस्तो

भारतबाट भन्दा चीनबाट ग्यास ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ ।आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययन अनुसार नेपालले सस्तोमा ग्यास पाउने देखिएको हो ।चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्यमा ग्यास प्रस्ताव गरेको छ । साइनो प्याक्सले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युआन(५८) रुपैयाँ मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ ।

यो चीनको स्थानीय करसहितको मूल्य हो । प्रतिसिलिन्डर अर्थात १४ं२ किलो ग्यासलाई ८ सय २३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशन रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९ सय २२ रुपैयाँ पर्छ । राजश्व र मूल्य अभिवृद्धि करसहित २०७ रुपैयाँ थपिन्छ । ढुवानी, कमिसनलगायत खर्च जोड्दा उपभोक्ताले १ हजार ४०० रुपैयाँमा किनिरहेका छन् । सो मूल्यमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ९७ रुपैया घाटा छ । यो हिसावमा चीनको ग्यास निकै सस्तो छ । ढुवानी जोड्दा पनि भारतको भन्दा सस्तो हुन्छ । तर, नेपाल तर्फको सडक कच्ची भएकाले समस्या हुने मन्त्रालयका सहसचिव नागिलाले भने । कारोबार दैनिकबाट ।

naima expoTop Changing Nepal

युट्युब सट्स