आयुर्वेदिक यी तत्वले बढाउँछन् रोग प्रतिरोधात्मक क्षमता
एजेन्सी । संक्रामक रोगबाट टाढा रहनका लागि सबैभन्दा पहिले आफ्नो प्रतिरक्षा प्रणाली कायम राख्नु महत्वपूर्ण हुन्छ । घरेलु तथा प्राकृतिक खानाबाट पनि प्रतिरक्षा प्रणालीको विकास गर्न सकिन्छ । यसका कुनै साइड इफेक्ट पनि हुँदैनन् ।
खानामा जडिबुटी
हाम्रो भान्सामा त्यस्ता धेरै चीजहरू छन्, जसले प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । ती कुराहरूको सेवनबाट तपाईं धेरै संक्रामक रोगहरूबाट बच्न सक्नुहुन्छ । खाना बनाउँदा अदुवा, लसुन र बेसार प्रशस्त मात्रामा प्रयोग गर्नु स्वास्थ्यको लागि हितकर हुन्छ । यी जडिबुटीहरूले तपाईँको शरीरलाई भित्रैबाट मजबुत बनाउँछ र रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।
कोभिड १९ देखि बर्ड फ्लूसम्मका सबै प्रकारका रोगको संक्रमणबाट तपाईँलाई टाढा राख्छ । साथै यसले शरीरको फोहोरलाई पनि बाहिर निकाल्न मद्दत पुर्याउँछ । शरीर सफा र स्वस्थ राख्नका लागि तुलसी, पुदिना पानीमा घोलेर पनि पिउन सकिन्छ ।
यस्तै वाफ लिएर पनि शरीर स्वस्थ राख्न सकिन्छ । मनतातो पानीमा बेसार र नुनको मिश्रण गरी एउटा भाँडोमा राख्ने र त्यसलाई तौलियाले छोपेर बाफ लिन सक्नुहुन्छ । यसले पनि तपाईंको प्रतिरोध क्षमता बढाउँछ ।
बेसारयुक्त दुध
दिनमा दुई पटक दूध पिउनु स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ, त्यसैले यसमा लापरवाही नगर्नुहोस् । दूधसँग एक चिम्टी बेसार पनि मिसाउनुहोस् । बिहान र राति सुत्नुअघि बेसारयुक्त दुध पिउनुहोस् । यसले तपाईंला चिसोबाट बचाउनुका साथै धेरै संक्रामक रोगबाट टाढा राख्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


