लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने
बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको आज १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेले सर्मथन फिर्ता लिदै पाँच मन्त्रीले गत असार २० गते नै राजीनामा दिएका थिए ।
गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई त्यति बेला एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाले समर्थन गरेका थिए ।
एमालेले समर्थन फिर्ता लिना साथ अहिले महरा अल्पमतमा परेका छन् । कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।
८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

