चक्कु प्रहार गरी एक युवकको हत्या, दुई जना घाइते
रोल्पा । रोल्पामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । उक्त घटनामा दुई जना घाइते छन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर ४ खाद्यटोलमा ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय शनी भनिने सुनील पुनको एक समूहको चक्कु प्रहारबाट हत्या भएको छ ।
शनिबार राति ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार उनको उद्धार गरी जिल्ला अस्पताल रेउघा पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
पुरानो रिसिबीका कारण सुनीललाई उनी बसेकै ठाउँमा गई अर्को एक समूहले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । त्यसक्रममा अर्का दुई जनाको हात र टाउकामा चोट लागेको डिएसपी लामाले बताए । पुनमाथि चक्कु प्रहार गरी हत्या गर्नेहरूको पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिने तयारी भइरहेको डिएसपी लामाले बताए ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


