Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, ७
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ । सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स