Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

विमान दुर्घटना अपडेट : क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, ९
विमान दुर्घटना अपडेट : क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगियो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । ९ एनए एमई कलसाइनको उक्त जहाजमा लागेको आगो अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

पोखरा उड्ने क्रममा सौर्यको विमान दुर्घटनामा परेको छ । विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको बताइएको छ ।  उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको स्रोतले जनाएको छ। विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । यसैबीच जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । अन्य यात्रुको अवस्था भने अज्ञात रहेको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स