ओटीटीमा धेरै हेरिएको फिल्म बन्यो चमकिला
काठमाडौँ । २०२४ को पहिलो ६ महिनामा ओटीटी प्लेटफर्ममा धेरै हेरिएका फिल्मको सूची सार्बजनिक भएको छ । ओरम्याक्स मिडियाले २०२४ को पहिलो हाफमा सबैभन्दा धेरै हेरिएका हिन्दी चलचित्रहरूको सूची सार्वजनिक गरेको हो । २०२४ को पहिलो ६ महिनामा ओटीटीमा धेरै हेरिएको फिल्म इम्तियाज अलीको फिल्म अमर सिंह चमकिला रहेको छ । फिल्मले अहिलेसम्म १.२९ करोड भ्युज पाएको छ । यस फिल्ममा दिलजीत दोसांझ मुख्य भूमिकामा थिए ।
दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपूर र विजय वर्मा स्टारर फिल्म मर्डर मुबारक छ, जसलाई स्ट्रिमिङ प्लेटफर्ममा १.२२ करोड मानिसहरूले हेरिसकेका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा रहेका छन् । त्यस्तै तेस्रो स्थानमा सारा अली खानको ए वतन मेरे वतन है, जसलाई १.१५ करोड भ्युज प्राप्त भएको छ । फिल्ममा सारा अली खान मुख्य भूमिकामा थिइन् ।
त्यस्तै चौथो स्थानमा रहेको फिल्म महाराजको एक करोड ६ लाख भ्यूज रहेको छ । यस फिल्मबाट आमिर खानका छोरा जुनैदले डेब्यु गरेका थिए । त्यस्तै यस सूचीमा पाँचौं फिल्म पटना शुक्ला रहेको छ । यस फिल्मले अहिलेसम्म ९८ लाख भ्यूज पाएको छ । यस फिल्ममा रविना टण्डन पनि लामो समयपछि यो फिल्ममा देखिएकी हुन् ।
गत वर्षको तुलनामा ओटीटीमा चलचित्र हेर्नेको संख्या घटेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ को मध्यसम्ममा शाहिद कपूरको फिल्म ब्लडी डैडी १.६६ करोड मानिसले हेरेका थिए ।
ओरम्याक्सले भारतभरका सबै ओटीटी प्लेटफर्महरूमा सबैभन्दा धेरै हेरिएका वेब शो र चलचित्रहरूको सूची जारी गर्दछ । यदि दर्शकले कम्तिमा ३० मिनेटको एपिसोड वा चलचित्र हेरेमा त्यसको आधारमा यो डाटा निकालिने ओरम्याक्सले जानाएको छ ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


