Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मुल्य एकैदिन तोलामा दुई हजार चार सयले घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, १०
सुनको मुल्य एकैदिन तोलामा दुई हजार चार सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहिबार एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख ४७ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स