Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

इजरायली सेनाद्वारा गाजास्थित विद्यालयमा आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, १२
इजरायली सेनाद्वारा गाजास्थित विद्यालयमा आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

काठमाडौँ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ ।

विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएका विद्यालयमा आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले मध्य गाजाको देइर अल-बालाहको पश्चिममा रहेको एउटा भवनमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको बताएको छ ।

यसअघि इजरायली सेनाले आतंकवादी गतिविधि र रकेट आक्रमणलाई ध्यानमा राख्दै दक्षिणी सहर खान युनिस वरपरको खाली ठाउँको सीमा समायोजन गर्नुपर्ने चेतावनी दिएको थियो।

इजरायली रक्षा बलले गत हप्ता यस्तै आदेश जारी गरेको थियो जस अन्तर्गत आवासीय क्षेत्रको सीमा परिवर्तन गरिएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स