Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आफ्नै बाबुले छोरालाई जेल हाल्न अदालत बुझाए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, १४
आफ्नै बाबुले छोरालाई जेल हाल्न अदालत बुझाए

आफ्ना सन्तानले जस्तोसुकै अपराध गरेपनि त्यो अपराधबाट जोगाउन खोज्ने धेरै बाबु देखिएका छन् । तर अदालतले दोषि ठहर गरेर फरार भएको छोरालाई समातेर सजाय दिलाउन आफैँ अदालतमा पुर्‍याउने बाबु भने हम्मेसी भेटिँदैनन् ।

रामेछापमा त्यस्ता बाबु भेटिएका छन्, जसले आफ्नो छोरालाई कारागार चलान गर्नका लागि च्याप्प समातेर जिल्ला अदालतमा जिम्मा लगाएका छन् । सैपु- २ का सुदन सुनुवारले चोरी गरेको अभियोगमा अदालतबाट दाषि ठहर गरेका आफ्ना २१ वर्षीय छोरा शुभराज सुनुवारलाई सजाय दिलाउनका लागि रामेछाप जिल्ला अदालतमा पेश गरेका हुन् । एक साता अघि जिल्ला अदालतले उनलाई तीन बर्ष अघि ओखलढुंगा जिल्लामा भएको चोरी घटनामा संलग्न भएको अभियोगमा पुनारावेदन अदालत राजविराजले ०७१ पुसमा सुनुवारलाई ४ बर्ष ९ दिन कैद हुने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयनका लागि रामेछाप जिल्ला अदालतमा मिसिल आएपछि सुनुवारलाई प्रहरीले खोजविन गरेको उनका बाबु सुदनले थाहा पाएका थिए ।

फैसला हुनु अघि देखि नै भारतमा बसेका उनका छोरा घर आएको मौका पारेर जिल्ला सदरमुकाम मन्थली झरेका सुदन सुनुवारले जिल्ला अदालतमा पुगेर छोराको सजायका बारेमा वुझेका थिए । अदालतले छोराको सजाय सुनाउनुका साथै बुझाउन ल्याए २५ प्रतिशत पुरस्कार पाउने जानकारी गराएपछि उनी फर्केका थिए ।

जिल्ला अदालत रामेछापका तहसिलदार कृष्णप्रसाद घिमिरेका अनुसार अघिल्लो दिन अदालतबाट फर्केका सुनुवारले भोलिपल्टै छोरो जिम्मा लगाउन ल्याए । तर उनले अदालतले दिने पुरस्कार भने लिन मानेनन् ।’ अर्काको भए लिन्थे, आफ्नै छोराको लिन्न भनेर उनी छोरा जिम्मा लगाएर फर्के । बाबुले समातेर अदालत वुझाएका शुभराज भने रामेछाप कारागार चलान भएको घिमिरेले वताए । अदालतले सजाय सुनाएको दोषिलाई पक्राउ गरी वुझाउनेलाई २५ प्रतिशत पुरस्कार हुने कानुनी व्यवस्था छ । उक्त पुरस्कार जेल भुक्तान र जरिवाना दुवैमा पाइन्छ ।
कान्तिपुरबाट

Top Changing Nepal

युट्युब सट्स