उत्तर कोरियाद्वारा अमेरिकाको राजधानी वासिङटन डिसी ध्वस्त (प्रपोगाण्डा भिडियो)
(एजेन्सी) । उत्तर कोरियाले एउटा एनिमेटेड भिडियो जारी गरेको छ, जसमा मिसाइल आक्रमण मार्फत अमेरिकाको राजधानी वासिङटन डिसी ध्वस्त गरेको देखाइएको छ । अमेरिकालाई आफ्नो क्षेमता देखाउन कोरियाले यस्तो भिडियोको एनिमेशन गरेको हो ।
उत्तर र दक्षिण कोरियाले एक अर्का विरुद्ध प्रचार-प्रसार गर्ने अभियानको क्रममा उत्तर कोरियाले यस्तो एनिमेटेड भिडियो बनाएको हो । एनिमेटेड भिडियोमा परमाणु हतियार पानी जहाजबाट प्रहार गरेको देखाइएको छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाको अमेरिका तथा दक्षिण कोरियासँगको सम्बन्ध तनावमा छ । उत्तर कोरियाले गएको जनवरीमा परमाणु परीक्षणका साथै लामो दूरीमा मार हान्न सक्ने रकेट प्रक्षेपण गरेको थियो ।
त्यसपछि संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि २० वर्ष यताकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको दक्षिणी सीमा नजिक दक्षिण कोरिया तथा अमेरिकाका सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यसप्रति उत्तर कोरियाले असन्तोष व्यक्त गर्दै आएको छ । यो भिडीयोसंगै अमेरिका र उत्तर कोरियाबिचको दुरी अझै बढ्ने देखिएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


