फिल्म ‘ह्रस्व दीर्घ’ को पोस्टर सार्बजनिक
काठमाडौँ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा हरिहरसँगै पोस्टरमा प्रशान्त ताम्राकार, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल वर्मा र साउथ अभिनेता कबीर दुहन सिंह पनि चित्रित छन् ।
उनीहरुको आँखामा रिसको ज्वाला देखिन्छ । सुनिलको लुक्सले ‘पुष्पा’ कै झल्को दिन्छ । प्रदीप भने निधारमा तिलक र घाँटीमा रुद्राक्षको माला लगाएर पण्डितझैँ देखिएका छन् । फिल्ममा साउथबाट ब्रम्हानन्दम र अलीको पनि अभिनय छ ।
चन्द्र पन्तको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा नीता ढुंगाना, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का, आदर्श मिश्र आदिको पनि अभिनय छ । यो फिल्मबाट विपनाले करिब १३ वर्षपछि कमब्याक गरेकी हुन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी रहेका छन् ।
हरिहर अधिकारीको कथा एवं प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता थुप्रै हिन्दी फिल्म खिचेका छन् । नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने यो फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

