उपत्यकाको विभिन्न ठाउँमा डुवानमा परेकाहरुको सशस्त्रद्वारा उद्धार
काठमाडौँ । साउन १६ गते अविरल वर्षाका कारण उपत्यकाको विभिन्न ठाउँमा डुवानमा परेकाहरुको उद्धार गरिएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा वर्षाको कारण गोदावारी खोलामा पानीको बहाव बढी डुवानमा परेका चार जनाको सकुशल उद्धार गरिएको छ ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश व्यासी भक्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो । यसैगरी काठमाडौ महानगरपालिका–१० शंखमुल क्षेत्रको २ वटा घरभित्र छिरेको पानी सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले प्रोटेबल पम्प प्रयोग गरी फालिएको छ ।
यसैगरी थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाग्मती नदिको पानी पसेर डुवान भएकोमा सोही गणबाट खटिएको विपद् उद्धार तालिम प्राप्त फौजले बस्तीको पानी कटान गर्ने कार्य गरेको छ ।
अविरल वर्षाको कारण काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले उद्धार गरेको छ । अबिरल बर्षाको कारण बाढिमा फसेको खबर पाएपछी बिहान ५ बजे सो गणबाट फौज परिचालन गरिएको थियो । उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो ।
यसैगरी साँखु भोटेचौर सडकखण्ड अन्तर्गत देउरालीमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौज र स्थानीय वासिन्दाले स्काईभेटरको सहायताले सुचारु गरेको छ ।
काठमाडौको नागार्जुन नगरपालिका–३ ईचङ्गुनारायणस्थित लकजोल टोलमा वर्षाको कारण पहिरो आई पुरिएको टहरामा रहेको खाद्यन्न, लत्ताकपडा, भाडावर्तन तथा पशुचौपाया सशस्त्र प्रहरी बल नेपाल नंं . १९ बगलामुखी विशेष कार्यदल गणबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।
यसैगरी ललितपुरको सानेपास्थित राजतिर्थमा अविरल वर्षाको कारण बाग्मती नदिमा आएको बाढिले डुवानमा परेका ६ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गणको सुरक्षा फौजले सकुशल उद्धार गरेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


