अग्नि ग्रुपले नेपालमा भित्राउन लागेको महिन्द्रा एक्स यु भि ३ एक्स ओ कार, यस्तो छ फिचर
काठमाडौँ । नेपालि बजारमा अग्नि ग्रुपले नेपालमा महिन्द्रा एक्स यु भि ३ एक्स ओ कार भित्राउन लागेको छ । आर्कषक डिजाइनमा बनेको यस कारको इन्जिन १.२ लिटरको टर्बोचार्ज्ड पेट्रोल प्रत्यक्ष इंजेक्शन, ३ सिलिन्डर , ४ भल्भ र डि ओ एच सी रहेको छ । कार ११९७ सिसिको रहनुका साथै यसको लम्बाई ३९९०,चौडाई १८२१ र उचाई १६४७ एमएम र ह्विलवेश भने २६०० एमएमको रहने छ । यो कार २०१ एमएममा पाउन सकिने कम्पनिकोले दाबि गरेको छ ।
यस महिन्द्रा एक्स यु भि ३ एक्स ओ कारको म्याक्स पावर र म्याक्स टर्क सम्बन्धि कुरा गर्दा म्याक्स पावर १३०.७ पिएस साथै ५००० आरपिएम र म्याक्स ट्रक २३० एनएम साथै १५०० आरपिएम रहने कम्पनिले बताएको छ । कारको ट्रान्समिसन मेनुअलमा ५ स्पिड र अटोमेटिकमा पनि ५ स्पिड रहने र ड्राईभ टाएप भने एफ डब्लु डि पाउन सकिनेछ । प्रति घण्टा १७५ किलोमिटर सम्म रेन्ज दिने यस कारको ग्राउन्ड क्लियरेन्स २०१ किलोमिटर रहनेछ ।
यस महिन्द्रा एक्स यु भि ३ एक्स ओ कारमा चाखलाग्दो कुरा के छ भने, यसमा जेडआईपि, जेडएपि र जुम्म गरी तीन फरक ड्राइभिङ मोडहरू रहनेछन । कारमा ४२ लिटरको तेल भण्डारण क्षमता रहेको छ भने यस कारले कम्तिमा प्रति लिटर १८ किलोमिटर र बढिमा २० किलोमिाटर रेन्ज दिने जनाएको छ । अगाडि र पछाडि दुबै टायर २१५ / ५५ आर १७ को डिस्क टायर उपलब्ध रहने छ ।
यस महिन्द्रा एक्स यु भि ३ एक्स ओ कारको सेिफ्ट सिस्टमको कुरा गर्दा एयरब्याग्स, एबिएस,ईबिडि, हिल डिसेन्ट कन्ट्रोल र ३६० डिग्रिको क्यामेरा हुने कम्पनिको दाबि छ । एन्टी–रोल बारको साथम्याकफर्सन स्ट्रट र कोइल स्प्रिंगको साथ ट्विस्ट बीम सस्पेन्सन जडान गरिएको छ । ५ सिटिङ क्यापासिटि रहेको यस कारको स्टोरेज क्षमता ३६४ लिटर र जम्मा तौल १६१० केजि रहनेछ । महिन्द्रा एक्स यु भि ३ एक्स ओ कारको मुल्य रु.६०.९० लाख देखि रु. ६६.६५ लाख कम्पनिले तोकेको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

