Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अायल निगमको ट्याँकर सहित कालोवजारी गर्नेहरू यसरी पक्राउ परे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, १८
अायल निगमको ट्याँकर सहित कालोवजारी गर्नेहरू यसरी पक्राउ परे

ललितपुर , वज्रवाराही नगरपालिका–११ टाखेल चौतारामा रामकुमार थोकरले चलाएको ना.२ ख ६६९८ नम्बरको नेपाल आयल निगमको तेल ट्याँकरमा ३ हजार लिटर डिजेल नेपाल सरकारको नीति नियम विपरित शान्ति कन्सक्ट्रसन प्रा.लि. को लागि लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त चापागाउँको प्रहरीले बुधबार डिजेलसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ट्यांकर चालक मकवानपुर थाहा नगरपालिका–११ बस्ने ४१ वर्षीय रामकुमार थोकर र शान्ती कन्सक्ट्रसन प्रा.लि. का संचालक ललितपुर वज्रवाराही नगरपालिका–११ बस्ने ३८ वर्षीय रामकृष्ण बस्नेत रहेका छन् ।
यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले ललितपुर वज्रवाराही नगरपालिका–१० प्याङ्गगाउँ चउरबाट  लु.अ फ ५००० नम्बरको नयाँ मिनीटाटा ट्रकमा २ सय ५० लिटर जाने १२ वटा ड्रममा ३ हजार लिटर डिजेल ल्याई वजार मुल्य भन्दा वढी मुल्यमा विक्री वितरण गर्ने उद्धेश्यले लुकाइ छिपाई राखेको र विक्री वितरण गरी सकेको ३ वटा खाली ड्रमसहित काभ्रेपलाञ्चोक मिल्चे–६ बस्ने ३९ वर्षीय दिलबहादुर वाईवा र ललितपुर वज्रवाराही नगरपालिका–१० बस्ने २५ वर्षीय दिपक घिमिरेलाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ अभियुक्तहरुका सम्बन्धमा सोही कार्यालयवाट कालोवजारी मुद्धामा थप आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स