‘के घर के डेरा २’ मा केकी र उपासनाको इन्ट्री
जानकारी केन्द्र
२०८१, श्रावण, २४
काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेत्रीद्वय केकी अधिकारी र उपासना सिंह ठकुरीको इन्ट्री भएको छ ।
यस फिल्ममा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । फिल्ममा केकी र उपासना कसको अपोजिटमा हुनेछन भन्ने स्पष्ट भएको छैन ।
यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्म उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


