Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, २४
पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

काठमाडौँ । पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनी केही दिनदेखि बिरामी थिए । बुद्धदेव भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको मुख्यमन्त्री बनेका थिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनले दुःखी भएको उल्लेख गरेकी छन् ।

ममता बनर्जीले भनिन्, ‘म उहाँलाई धेरै दशकदेखि चिन्छु र पछिल्ला केही वर्षहरूमा उहाँ बिरामी हुँदा म उहाँको घरमा धेरै पटक गएकी थिएँ । उहाँको निधनले म दु:खी छु ।’

उनी पश्चिम बंगालमा ३४ बर्ष कम्युनिष्टको सरकार रहदाका आखिरी मुख्यमन्त्री हुन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स