आदित्यसँगको ब्रेकअपपछि अनन्या पाण्डे फेरि प्रेममा
काठमाडौँ । आदित्य रोय कपुरसँग ब्रेकअपपछि अभिनेत्री अनन्या पाण्डे फेरि प्रेममा परेकी छन् । मिडिया रिपोर्टका अनुसार उनी अहिले पूर्व मोडल वाकर ब्लान्कोसँग डेट गरिरहेकी छिन् ।
इन्डिया टुडेको रिपोर्टका अनुसार अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङको क्रममा क्रुज पार्टीका क्रममा यी दुईको भेट भएको थियो। चाँडै नै दुवै साथी बने । यसपछि दुवैले एकअर्कालाई डेट गर्न थाले । वाकर केही समयदेखि जामनगरमा छन् र अम्बानी परिवारको भान्तारा एनिमल पार्कमा काम गर्छन् ।
बम्बे टाइम्सको रिपोर्टका अनुसार अनन्याले अनन्तको विवाहमा वाकरलाई आफ्नो पार्टनरको रूपमा सबैसँग परिचय गराएकी थिइन् । उनले वाकरसँगको आफ्नो निकटता पनि लुकाइनन् । दुवैले विवाहमा धेरै रोमान्टिक गीतहरूमा जोशका साथ नृत्य गरेका थिए ।
अनन्याको प्रेम जीवन सधैं चर्चामा रहने गरेको छ । यसअघि उनी अभिनेता इशान खट्टरसँग सम्बन्धमा थिइन् तर करिब डेढ वर्ष डेटिङ गरेपछि उनीहरुको ब्रेकअप भयो । यसपछि आदित्य रोय कपुरसँग अनन्याको निकटता बढ्यो तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र यसै वर्ष मार्चमा दुवैको ब्रेकअप भयो।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

