श्रीलंकाका स्पिनरलाई म्याच फिक्सिङको आरोप
काठमाडौँ । श्रीलंकाका स्पिनर प्रवीन जयाविक्रमालाई म्याच फिक्सिङको आरोप लागेको छ ।
आइसीसीले अन्तर्राष्ट्रिय खेल र २०२१ मा श्रीलंका प्रिमियर लिगका क्रममा म्याच फिक्सिङको छानबिनको क्रममा सहयोग नगरेको भन्दै कारवाही गर्ने जनाएको छ ।
उनले म्याच फिक्सिङसँग छानबिनका क्रममा उनले म्यासेज डिलेट गरेको पाइएको र आइसीसीको एन्टी करप्सन युनिटसँग रिपोर्ट नगरेको बताइएको छ ।
आइसीसीले अगस्त ६, २०२४ देखि १४ दिनको समय दिएर प्रवीनलाई आइसीसीको एन्टी करप्सन युनिटमा रिपोर्ट गर्न र आफूमाथि लागेका आरोपको जवाफ दिन समय दिएको उल्लेख गरेको छ ।
२५ बर्षिय स्पिनरले श्रीलंकाका लागि १५ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आइसीसी, श्रीलंका क्रिकेट बोर्ड र श्रीलंका प्रिमियर लिग प्रवीनलाई यस प्रकरणमा एक्सन लिन सहमत भएको बताइएको छ ।
उनले श्रीलंकाका लागि पछिल्लो खेल २०२२ मा अस्ट्रेलियाविरुद्ध टी-२० खेल खेलेका थिए ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

