सिंहदरबारभित्रै धर्ना, तालाबन्दी र नाराबाजी
जानकारी केन्द्र
२०७२, चैत्र, २४
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र विरोध, धर्ना, नाराजुलुस, र तालाबन्दी गर्न बन्देज छ । तर, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल राष्ट्रसेवक कर्मचारी संगठन, र राष्ट्रिय कर्मचारी संगठनले सोमबार सिंहदरबार भित्रै आन्दोलन गरेको छ ।
निजामती कर्मचारीको आधिकारिक टे्रड यूनियनको निर्वाचन हुन नदिने अडानमा विभिन्न मन्त्रालयका दर्जनौ कर्मचारी सोमबार दिनभर काम छमाडेर विरोध, धर्ना, र नाराबाजिमा उत्रिए ।
चार कर्मचारी संगठनले कानुनविपरीत सामान्य प्रशासन मन्त्रालय परिसरभित्रै धर्ना, नाराबाजी र तालाबन्दी गर्दासमेत प्रहरी रमिता हरेर बसेको थियो ।
निषेधित क्षेत्रभित्र सयौंको संख्यामा रहेका कर्मचारीले आन्दोलन गर्दा समेत प्रशासन मुकदर्शक भएको आरोप अन्य कर्मचारी संगठनले लगाएका छन् । नयाँपत्रिकाबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


