Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अर्काको नाममा एसएसली दिने पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, २४
अर्काको नाममा एसएसली  दिने पक्राउ

जाजरकोट : मानेढुङ्गा उच्च मा.वि. सालेगाउँ परीक्षा केन्द्रबाट लक्ष्मी प्राप्ती उच्च मा.वि. खुर्पाका छात्र मन्सुर राउतको नाममा एसएलसी परीक्षा दिइरहेका जाजरकोट ढिमे–१ दम्जला बस्ने प्रेम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस्तै    महोत्तरी : गौशाला नगरपालिका–२ स्थित त्रिभुवन उच्च मा.बि. परीक्षा केन्द्रमा श्री उच्च मा.बि. कान्तिबजार महोत्तरीमा अध्यनरत भरतपुर–९ बस्ने २२ वर्षीय श्यामसिंह कुशवाहाको नाममा परीक्षा दिने उनका दाई रामजी कुशवाहालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको  छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स