आजदेखि लोडसेडिङ तीन घण्टा घट्यो
नेपाल विद्युत प्राधिकरणले अघोषितरुपमा लोडसेडिङ तीन घन्टा घटाउने निर्णय गरेको छ। एसएलसी परीक्षाको लागि एक घण्टा लोडसेडिङ घटाएको प्राधिकरणले थप तीन घन्टा घटाएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले कालीगण्डकीसहितका हिमनदीमा आधारित ठूला जलविद्युत योजनामा पानीको सतह बढेसँगै विद्युत उत्पादन पनि बढेकाले लोडसेडिङ घटाइएको जानकारी दिए । ‘गर्मी बढेसँगै हिमालको हिउँ पग्लेर हिमनदीमा पानीको सतह बढेपछि लोडसेडिङ तीन घन्टा घटाएका हौं’, काफ्लेले भने, ‘अहिले अघोषितरुपमा घटाइएको लोडसेडिङ चाँडै घोषितरुपमै घटाउनेछौं ।’
दैनिक १२ घन्टा हुँदै आएको लोडसेडिङ अब दैनिक ९ घन्टामा झारिएको प्राधिकरणले जनाएको छ। प्राधिकरण लोडसेडिङको नयाँ तालिका भने तत्काल ल्याउने छैन।
प्राधिकरणका अनुसार कुलेखानी जलविद्युत आयोजनाको उत्पादन बढेकाले पनि लोडसेडिङ घटाइएको हो । अर्कातिर नयाँ जलविद्युत आयोजनाको विद्यु राष्ट्रिय प्रसारण लाईनमा जोडिने क्रम बढिरहेकाले लोडसेडिङको समय अझै घटाइने प्राधिकरणले जनाएको छ ।
अन्नपूर्णपोष्टबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

