Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

युक्रेनको राजधानी कीभ पुगे मोदी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, ७
युक्रेनको राजधानी कीभ पुगे मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी कीभ पुगेका छन् । पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका हुन्।१९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीको यस युक्रेन भ्रमणलाई रुस-युक्रेन युद्धसँग जोडेर हेरिएको छ । मोदीले युक्रेनलाई रुससँगको जारी युद्धमा नयाँ सहमतिमा लैजान पहल गर्न सक्ने विश्लेषण गरिएको छ ।

रुस-युक्रेन युद्ध शुरु भएपछि विश्वका कैयौं ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् ।मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । यस क्रममा उनले युक्रेनका राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स