सी.जी. मोटर्स द्वारा एकै पटक १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सी.जी. मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्मार्ट सिटी यातायात प्रा. लि.यातायात व्यवसायी प्रा.ली. लाई एकैपटकमा १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको बताइएको छ ।

सी.जी. मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे अनुसार, “यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा हामी सम्पूर्ण सी.जी. मोटर्स परिवार अत्यन्तै हर्षित र गर्भान्वीत भएका छौँ। स्मार्ट सिटी यातायात प्रा. लि. लाई गाडी हस्तान्तरण गर्दै गर्दा, वहाँहरुले वातावरण संरक्षण तर्फ लिनुभएको सो कदमलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौं। आगामी दिनहरुमा वहाँहरु जस्तै अन्य यातायात व्यवसायीहरुलाई पनि वातावरण मैत्री इलेक्ट्रिक माइक्रो भ्यानको प्रयोग गर्न प्रोत्साहन गर्न चाहन्छौँ। बजारमा प्रचलित डिजेल भ्यानहरु सँग तुलनानै गर्ने हो भने, इलेक्ट्रिक माइक्रो भ्यानहरुले अत्याधिक खर्चहरु पूर्ण रुपमा कटौती गरी धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको छ। प्रति किलोमिटरको अपरेटिङ्ग कष्ट को हिसाब गर्ने नै हो भने २ रुपैयाँ भन्दा पनि कम हुन आउँछ जसकारण हाम्रो यातायात व्यवसायीहरुले न्युनतम खर्चमा धेरै आम्दानी गर्न सकिन्छ।”

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री रहेको जनाइएको छ। उक्त गाडीमा ए.बि.एस., इ.बि.डि., १८० एम.एम. ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्ने बताइएको छ । ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको सुविधा रहनुका साथै नेपालभर १९१ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुने कम्पनीले जनाएको छ।


सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


