वैद्य इनर्जिले नेपालमा भित्राउन लाग्यो एथर रिज्टा इलेक्ट्रिक ईस्कुटर,स्कुटर सम्बन्धि सम्पुर्ण जानकारी
काठमाडौँ । एथर स्कुटरको आधिकारिक बितरक वैद्य इनर्जिले नेपालमा एथर रिज्टा स्कुटर भित्राउने योजना बनाएको छ । यस स्कुटरमा विभिन्न टेक्निोलोजिकल फिचर उपलब्ध रहनुका साथै स्कुटरले राम्रो पर्फमेन्स प्रदान गर्ने कम्पनिले जनाएको छ । यस इलेक्ट्रिक स्कुटर रिज्टा एस र रिज्टा जेठ मोडलमा उपलब्ध हुने छ ।
४.३ किलोवाटको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर्स रहेको यस एथर रिज्टा स्कुटर को ग्रााउन्ड क्लियरेन्स भने १६५ एमएम रहनेछ । यस इस्कुटरको ब्याट्रि क्यापासिटि २.९ किलोवाट,२.९ किलोवाट र २.७ किलोवाटको दुई ओटै ब्याट्रिमा आयोन ब्याट्रि पाउन सकिने छ । स्कुटरको पिक पावर र पिक टर्कको कुरा गर्दा पिक पावर ५.८ किलोवाट र पिक टर्क २२ किलोवाट रहने छ । प्रति घण्टा ८० किलोमिटर यस ईलेक्ट्रिक स्कुटरको टप स्पिड रहने कम्पनिको दाबि छ ।
एथर रिज्टा स्कुटरले १२३ कि.मि, १२३ कि.मि र १५९ कि.मि रेन्ज दिने र यो इन्डियन ड्राइभिङ् कन्डिसनमा रहने छ । इलेक्ट्रिक स्कुटर फुल चार्ज हुन रिज्टा एस भेरियन्टमा २.९ किलोवाटको ब्याट्रिमा ८ घण्टमा ३० मिनेट लाग्ने र रिज्टा जेठ भेरियन्टमा २.९ किलोवाटको ब्याट्रिबाट फुल चार्ज गर्न पनि ३० मिनेट नै लाग्ने साथै रिज्टा जेठ भेरियन्टमै ३.७ किलोवाटको ब्याट्रि भएको स्कुटरमा ६ घण्टा १० मिनेट लाग्ने जनाएको छ ।
रिज्टा स्कुटरको टायस साईज ९०/९०–१२ भएको अगाडि डिस्क र पछाडि ड्रम टायर रहने बताएको छ । ३४ लिटरको अन्डरसिट स्टोरेज साथै ७८० एमएमको सिट हाईट रहेको यस इस्कुटरको ब्रेकिङ सिस्टम म्याजिक ट्विस्ट का साथ कम्बाइन्ड बे्रकिङ सिस्टम रहेको छ । टेलिस्कोपिक फोर्क र स्यामेट्रिकल माउन्ट गरिएको प्रोग्रेसिभ मोनोशक कोे सस्पेन्सन यस एथर रिज्टा इलेक्ट्रिक स्कुटरमा जडान गरिएको छ । यो स्कुटर स्पेस ग्रे, स्टिल सेतो, साल्ट हरियो, र कस्मिक कालो कलरमा उपलब्ध रहेको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

