मेरो क्यारियरको अन्त्य अल नासरमै हुनेछ- रोनाल्डो
काठमाडौँ । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुले अल नासरबाटै सन्यास लिने बताएका छन् । ३९ बर्षिय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दैआफुले केहि बर्षमा सन्यास लिने बताउदै रोनाल्डोले सम्भवत आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका छन् । रोनाल्डोले आफु अल नासरमा खुशी रहेको बताउदै साउदी लिग र देश दुवैमा आफु खुशीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन् ।
रोनाल्डोले भनेका छन्- ‘मलाई थाहा छैन मैले कहिले सन्यास लिन्छु । त्यो छिट्टै, दुई-तीन बर्षपछि पनि हुन सक्छ । तर यो अल नासरमै हुनसक्छ । यो टिमसँग म अहिले खुशी छु । म लिग र देश दुवैसँग अहिले खुशी छु । त्यसैले मैले मेरो क्यारियर अल नासरमै अन्त्य गर्नेछु ।’
साथै रोनाल्डोले आफु भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन् । रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकोले आफुले अहिलेसम्म यस बारेमा नसोचेको बताएका छन् । उनले भनेका छन्- मेरो दिमागमा, म कुनै फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने कुरा नै छैन ।’
साथै रोनाल्डोले आफुले भविष्यमा फुटबल भन्दा बाहिर नै केहि गर्ने बताएका छन् । २०२३ को जनवरीमा साउदी प्रो लिग क्लब अल नासरमा आएका रोनाल्डोले अहिलेसम्म कुनै ट्रफी नजितेपनि आफ्नो खेलबाट प्रभावित भने पारिरहेका छन् । उनले अल नासरका लागि अहिलेसम्म ६७ खेल खेल्दै ६१ गोल गरेका छन् भने १६ गोल असिस्ट गरेका छन् ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

