सर्लाहीमा नहरमा डुबेर १६ वर्षीय बालकको मृत्यु
जानकारी केन्द्र
२०८१, भाद्र, २४
सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका ५ किरिङ टोलमा आइतबार अपराह्न एक बालकको नहरमा डुबेर मृत्यु भएको छ । बागमती सिँचाइ आयोजनाको नहरमा गाउँका साथीहरूसँग नुहाउन गएका १६ वर्षीय सहमद मन्सुरको डुबेर ज्यान गएको हो । उनी स्थानीय जनिफ मन्सुरका छोरा हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा बालकलाई ह्यूम पाइपबाट मृत अवस्थामा निकालिएको हो । बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

